११ औँ नेपाली टोपी दिवस मनाइयो वसन्तपुरमा

२०८० पुष १६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

११ औँ नेपाली टोपी दिवस मनाइयो वसन्तपुरमा

 

 

 

काठमाडौं : ११ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

 

जागरुक युवा अभियान नेपालको आयोजनामा सोमबार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रम गरी मनाइएको हो। ‘नेपाली टोपी ः नेपाली पहिचान’ भन्ने नारासहित यस वर्षको ११ औं नेपाली टोपी दिवस मनाइएको हो।

दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको आयोजकले बताइएको छ।

उनीहरुले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग माग समेत गरेका छन्। उनीहरुले नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ, विश्वको पहिचान पढौँ, नेपाली पहिचान तोकौँ, सामुदायिक टोपीको सम्मान, नेपाली टोपी हाम्रो पहिचान, हाम्रो राष्ट्रिय पहिचान टोपी लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय