समानुपातिक सूची नबुझाउने दलको चुनाव चिह्न मतपत्रमा नहुने

२०८२ पुष १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

निर्वाचन आयोगले यसपटक प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मतपत्रमा समानुपातिक सूची बुझाएका दलको चुनाव चिह्न मात्रै राख्ने निर्णय गरेको छ।

विगतमा भने दल दर्ता भएको आधारमै सबै दलका चुनाव चिह्न मतपत्रमा राख्ने अभ्यास थियो। तर यो पटक त्यो व्यवस्था हटाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

आयोगका अनुसार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुरुमा १०० दलले ९३ वटा चुनाव चिह्नमा चुनाव लड्ने गरी दर्ता गरेका थिए। तर समानुपातिक तर्फको बन्दसूची बुझाउने क्रममा यो संख्या घटेको हो।

हाल ६४ दलले मात्र समानुपातिक बन्दसूची बुझाएका छन्, जसअनुसार उनीहरू ५८ वटा चुनाव चिह्नमा निर्वाचन लड्नेछन्। यीमध्ये १० वटा दलले एकल–एकल चुनाव चिह्नमा प्रतिस्पर्धा गर्नेछन्।

यसअनुसार, यसपटक समानुपातिक तर्फको मतपत्रमा जम्मा ५८ वटा चुनाव चिह्न मात्र रहनेछन्

source:onlinekhabar.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय