जाडो कम हुँदै जाने, फागुनको पहिलो सातादेखि

२०८० माघ २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जाडो कम हुँदै जाने, फागुनको पहिलो सातादेखि

 

 

 

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले फागुनको पहिलो सातादेखि जाडो कम हुँदै जाने जनाएको छ। महाशाखाका अनुसार अहिले तापक्रम घटबढको क्रममा रहे पनि फागुन लागेसँगै अधिकतम र न्यूनतम तापक्रम बढ्दै जाने छ।

बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

पछिल्लो साता अधिकतम तापक्रम निरन्तर बढ्ने क्रममा छ। आगामी तीन दिन कतै वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय