आन्दोलनकारीलाई शान्ति बाटिकाबाट

२०८० माघ २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आन्दोलनकारीलाई शान्ति बाटिकाबाट

काठमाडौं :  सरकारले माइतीघरमा निषेधाज्ञा जारी गरेपछि शान्ति बाटिका सरेका आन्दोलनकारीहरूलाइ काठमाडौं महानगरपालिकाले त्यहाबाट पनि लखटेको छ।

न्याय माग्दै धर्नामा रहेका पीडित र मिटरब्याज पीडितहरुलाई महानगरको टोलीले त्यहाँ बसेकाहरुलाई सामान प्याक गर्न लगाएर ठाउँ खालि गर्न भनेको छ। काठमाडौं महानगरपालिकाका सूचना अधिकारी दिपक अधिकारीले करिव एक वर्षदेखि धर्नामा रहेका उनीहरुका कारण रानीपोखरी क्षेत्र फोहोर बन्दै गएकाले लखट्न बाध्य बनेको बताए।

यस्तै शान्तिबाटीकाको मर्मतका लागि यसअघि नै ठेक्का सम्झौता भइसकेको र आर्थिक वर्ष पनि सकिन लागेको सन्दर्भकमा ठेकेदारले दबाब बढाउँदै गएकाले पनि उनीहरुलाई त्यहाबाट निकाल्न बाध्य भएको जवाफ दिएका छन्। तर,पीडितहरुले भने कहाँ गएर न्याय माग्ने भन्दै प्रश्न गरेका छन्।

पीडितहरूको प्रश्नमा महानगर प्रहरीले ‘सिंहदरबार जान’ जवाफ फर्काएको छ। मिटरव्याजको विरोधमा उनीहरु काठमाडौं आउँदा प्रर्दशनका लागि खुला मञ्चमा ठाउँ मागेका थिए। पछि महानगरले नै उनीहरुका लागि शान्बिाटीका सुरक्षित हुने भन्दै त्यही बस्ने व्यवस्था मिलाएको छ।

त्यसमध्ये केही पीडितहरु घर फर्किएपनि नयाँ थपिएकाहरु भने आश्रयका लागि शान्ति बाटीका नै पुग्ने गरेका थिए। शान्तिबाटीकाबाट प्रर्दशनकारीहरुलाई उठाएपछि उनीहरुको व्यवस्थापनका लागि आफूहरु जिम्मेवार नभएको भन्दै संघीय सरकारलाई देखाएर महानगर भने पन्छिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय