पैदलयात्रीलाई स्कुटरले ठक्करदिँदा १ जनाको मृत्यु

२०८० माघ २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पैदलयात्रीलाई स्कुटरले ठक्करदिँदा १ जनाको मृत्यु

 

मोरङ :  मोरङको ग्रामथान गाउँपालिका–५ को भित्री सडक खण्डमा सोमवार साँझ स्कुटरले पैदल यात्रीलाई ठक्करदिँदा, पैदल यात्री स्थानीय ६५ वर्षीया हशनी देवी चौधरीको मृत्यु भएको छ। ​

हरैचाबाट विराटनगर तर्फ जाँदै गरेको प्रदेश १–०२–०४७ प ५२२२ नम्बरको  स्कुटरले अचानक ठक्कर दिंदा घाइते भएकी चौधरीको उपचारको क्रममा विराट नर्सिङहोम विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।  ठक्कर दिने स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय