बदली र हिमपात हुनेछ आज यी प्रदेशका पहाडी भूभागमा

२०८० पुष १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बदली र हिमपात हुनेछ आज यी प्रदेशका पहाडी भूभागमा

 

 

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशााखाले बताएको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले बताएकोछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय