
पाँचौं वार्षिक प्रतिवेदन पेश मधेशी आयोगको
जनकपुरधाम : मधेशी आयोगले मधेश प्रदेशका प्रदेश प्रमुखसमक्ष आव २०७९/०८० को पाँचौं वार्षिक प्रतिवेदन पेश गरेको छ।
आइतबार प्रदेश प्रमुख सचिवालयमा मधेशी आयोगका सदस्य जीवछ साहले पाँचौं वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष प्रदेश प्रमुखको निजी सचिवालय आफ्नो प्रतिवेदन पेश गरेको निमित्त सचिव शत्रुधन यादवले बताए।