बालुवाटारमा ‘१० हजार मानिस’ उतार्ने रास्वपाको लक्ष्य‚ यी स्थानबाट निकालिनेछ र्‍याली

२०८१ कार्तिक १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बालुवाटारमा १० हजार नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतार्ने तयारी गरेको छ । पार्टीले सभापति रवि लामिछाने पक्राउ परेकोमा राजनीतिक प्रतिशोध साधिएको भन्दै विरोध प्रदर्शन गरिरहेको छ । सोही क्रममा आज बालुवाटार स्थित नेपाल हाउसमा भेला भएर रास्वपाले आन्दोलन गर्दै छ । चावाहिल‚कोटेश्वर‚कलङ्की चोक‚ ललितपुर‚ स्वयम्वु वनस्थली बालाजु एरिया‚सामाखुसी चोक र महारजगञ्ज चोकबाट र्‍याली लिएर नेपाल हाउस पुग्ने पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले बताए । यी सबै स्थानबाट ११ बजे र्‍याली निकालेर १२ बजे नेपाल हाउस पुराउने उनले जानकारी दिए ।‘कति मानिस आउनुहुन्छ भन्ने ठ्याक्कै भन्न सकिन्न । तर‚ हामीले १० हजार मानिस उतार्ने  लक्ष्य लिएका छौँ‚’ उनले भने । झाका अनुसार विरोध प्रदर्शनको कमान्डर पुकार वमलाई तोकिएको छ । यस्तै वाग्मती प्रदेश सभापति अच्यूतम लामिछाने‚सुमना श्रेष्ठ‚ सन्तोष परियार‚ डिपी अर्याल र स्वर्णीम वाग्लेलाई तोकिएको र आन्दोलनलाई उनीहरूलेनै सम्बोधन गर्ने झाले जानकारी दिए ।

 

 

श्रोत:https://www.ratopati.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय