कमल थापालाई टिकट दिएपछि हिक्मत कार्कीले छोडे राप्रपा

२०८२ माघ ६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। पार्टीले टिकट वितरण गर्दा मनपरी गरेको भन्दै उनले सोमबार राप्रपा परित्याग गरेका हुन्।

राप्रपाले काठमाडौँ–५ बाट कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि कार्की असन्तुष्ट बनेका थिए। सो क्षेत्रमा हिक्मत कार्की पनि बलिया दाबेदार मानिन्थे।

पार्टीको निर्णयप्रति असहमति जनाउँदै उनले अब पार्टीमा बस्न नसक्ने बताएका छन्। राप्रपाका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेका कार्कीले पार्टीभित्रको अहिलेको अवस्था असह्य भएको बताएका छन्।

‘पार्टीभित्रको अहिलेको परिवेशले गर्दा त्यहाँ बस्न असम्भव भयो, त्यसैले पार्टी छोड्ने निर्णय गरेँ,’ उनले रातोपाटीसँग भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय