आज होली जनकपुरधाममा
मंगलबार जनकपुरधामसहित मिथिला क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ।
जनकपुरधामसहित मिथिला क्षेत्रमा १५ दिने मिथिला माध्यमिकी परिक्रमा समापन भएसँगै होली मनाउने परम्परा छ।
मिथिला क्षेत्रमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा शुरु भएसँगै होली अर्थात् फागु पर्व मनाउने परम्परा छ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको दिनको रूपमा फागु पर्व मनाउने चलन छ।
यसअघि पहाडी क्षेत्रमा फाल्गुण शुक्ल पूर्णिमाको दिन आइतबार र तराई-मधेशका विभिन्न जिल्लामा सोमबार फागु पर्व मनाइएको थियो।