प्रचण्डलाई लाेसपाले विश्वासको मत नदिने

२०८० फाल्गुन २९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रचण्डलाई लाेसपाले विश्वासको मत नदिने

 

 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले  विश्वासको मत नदिने भएको छ ।

लोसपाको हिजो बसेको संसदीय दलको बैठकले संसदमा प्रतिपक्षको भूमिका रहने निर्णय गर्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा रहेको वर्तमान सरकारको विपक्षमा मत हाल्ने निर्णय गरेको छ ।

लोसपासँग राष्ट्रिय सभामा एक जना  र प्रतिनिधि सभामा चार जना सांसद छन् ।

साथै आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवारलाई मतदान गर्ने लोसपाले निर्णय गरेको छ । काँग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय