मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा १ जनाको मृत्यु

२०८० फाल्गुन २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा १ जनाको मृत्यु

 

 

 

काठमाडौं : भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरे रहेका छन्।

सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२–०३२ प ३३१३ नम्बरको मोटरसाइकल शनिबार राति १२ः४३ बजे सूर्यविनायक नगरपालिका–५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय