
आज बस्ने बैठक कांग्रेस कार्यसम्पादन समितिको
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजेका लागि बैठक बोलाइएको छ।
देउवाले सोमबार बिहानका लागि बोलाएको पदाधिकारी बैठक राजनीतिक ‘उथलपुथल’का कारण बस्न सकेको थिएन। नयाँ गठबन्धन प्रधानमन्त्री पुष्पकमल दाहालले बनाएपछि कांग्रेस सहितको गठबन्धन टुटेको थियो।
संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले प्रधानमन्त्री दाहालबाट धोका भएको बताएका थिए। सत्ताबाट बाहिरिएसँगै उनले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।
बैठकमा सत्ताबाट बाहिरिएपछिको विशेष परिस्थितिबारे छलफल हुने बताइएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।