एमालेको ध्यानाकर्षण समितिसँग बेखबर नहुन परराष्ट्रमन्त्री साउदलाई

२०८० फाल्गुन २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एमालेको ध्यानाकर्षण समितिसँग बेखबर नहुन परराष्ट्रमन्त्री साउदलाई

 

नेकपा (एमाले) की सांसद सुनिता बरालले अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयमा परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएकी छन्।

आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सम्बन्धित विषयहरूमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउद समितिसँग बेखबर हुने गरेको भन्दै आलोचना गरेकी हुन्।

‘धेरै सम्झौता, धेरै कार्यक्रम, धेरै अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषय भएका सञ्चारमाध्यमबाट सुन्ने तर समितिसँग बेखबर हुने कुरालाई धेरै निरन्तरता नदिनु हुन अनुरोध गर्दछु। सचिव पनि आउनुभएको छ। मन्त्रीज्युलाई कम्तिमा हामीले समितिलाई प्रभावकारी बनाउन सके पदीय गरिमा पनि थप गर्विला बनाउन सक्छौँ। त्यो कुरा मनन गर्नु भए हुन्थ्यो। सूचनाको ग्यापले यो सदस्यको रुपमा जवाफदेहीता कमजोर हुँदा मेरो नभई समिति र समितिको मात्र नभइ मन्त्रीज्युकै प्रभावकारी हुन कठिन छ,’ उनले भनिन्|

उनले धेरै सम्झौता, धेरै कार्यक्रम, धेरै अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषय भएका सञ्चारमाध्यमबाट सुन्ने तर समितिसँग बेखबर हुने कुरालाई धेरै निरन्तरता नदिन मन्त्री साउदलाई आग्रह गरेकी छन्।

राष्ट्रियता र राष्ट्रको स्वाभिमानका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने पनि उनले बताइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय