राजनीतिक परिस्थितिअनुसार अहिलेको को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिन्न: केपी शर्मा ओली

२०८० फाल्गुन १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राजनीतिक परिस्थितिअनुसार अहिलेको को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिन्न: केपी शर्मा ओली

 

 

नेकपा का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्थामा नरहेको बताएका छन्।

राष्ट्रिय सभा गृहमा भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदमा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको बताए।

उनले संसदमा नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न मिल्ने प्रावधान संविधानमा नरहेको बताए।

राष्ट्रिय पार्टी नबनेको पार्टीको मानिस प्रधानमन्त्री बन्छु भन्दै हिँडेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति उनले व्यङ्ग्य गरेका थिए।

‘नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘यहाँ त संसदमा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे, असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँड्छ। संविधानमा त्यस्तो कुनै व्यवस्था छैन।’राष्ट्रिय मान्यता प्राप्त नभएका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुने भन्ने मानिसहरूलाई लागेको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय