एमालेको माग लघुवित्त पीडितलाई रिहा गर्न
नेकपा (एमाले) ले लघुवित्त पीडितलाई रिहा गर्न माग गरेको छ।
संघीय संसद भवन परिसर पुगेर प्रदर्शन गरेका लघुवित्त पीडितलाई प्रहरीले पक्राउ गरेको थियो।
राष्ट्रिय सभा सदस्य विमला घिमिरेले लघुवित्त पीडितलाई रिहा गर्न माग गरेकी छन्। यस्तै मिटरब्याज पीडितका माग सम्बोधन गर्न पनि उनले सरकारलाई आग्रह गरेकी छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका लघुवित्त र मिटरब्याज पीडितका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।
उनले सरकारले कुरा नसुनेपछि लघुवित्त पीडित संसद भवन परिसरमै प्रदर्शनमा उत्रनु परेको पनि बताइन्। ‘प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई नि:शर्त रिहा गर्नुपर्छ,’ उनले भनिन्।गत फागुन १४ गते लघुवित्त पीडितहरूले नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा प्रदर्शन गरेका थिए।