प्रधानमन्त्री :थारूको छुट्टै आरक्षणसहितको संघीय निजामी सेवा विधेयक छिट्टै आउँदै छ

२०८० फाल्गुन ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रधानमन्त्री :थारूको छुट्टै आरक्षणसहितको संघीय निजामी सेवा विधेयक छिट्टै आउँदै छ

काठमाडाैं : प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले थारुलगायतका उत्पिडन र विभेदमा परेका समुदायका संविधान प्रदत्त अधिकार संरक्षणका तथा कार्यान्वयनका लागि सरकारले आवश्यक कानुन निर्माण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभामा सांसद कल्पना चौधरीले मौलिक हकको कार्यान्वयन र निजामती सेवामा थारुको आरक्षणसम्बन्धी सोधेको प्रश्नको जवाफमा यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले यसका लागि अहिले थारुको छुट्टै आरक्षणसहितको शिक्षा विधेयक संसदमा रहेको र थारुको छुट्टै आरक्षणसहितको संघीय निजामती सेवा विधेयकमा पनि छिट्टै संसद्‍मा आउने बताए।

‘थारुलगायत उत्पिडन र विभेदमा परेका समुदायका संविधान प्रदत्त अधिकार संरक्षणका लागि आवश्यक कानुन निर्माण गर्ने विषयमा सरकार गम्भीर र प्रतिवद्ध छ’, उनले भने, ‘थारुलाई छुट्टै आरक्षणसहितको राष्ट्रिय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस भइसकेको छ। मौलिक हकका भावना तथा अदालतको परमादेशको कार्यन्वयन हुने गरी निजामति सेवामा थारू समुदायका छुट्टै आरक्षणसहितको संघीय निजामती सेवा विधेयक पनि संसद्‍मा छिट्टै पस्तुत गरिनेछ।’
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय