नेता कोइराला विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न इच्छुक छौँ
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन्। आइतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले चीनले विकासको क्षेत्रमा नमूना काम गरेको उल्लेख गर्दै नेपाली कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताउए। उनले चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको बताए।
नेता कोइरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको बताए।