दुई जना ८ किलो गाँजासहित पक्राउ

२०८० माघ १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दुई जना ८ किलो गाँजासहित पक्राउ

 

सप्तरी । कञ्चनपुर नगरपालिका–७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका–६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को. २५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय