धारिलो हतियार प्रयोग गरी म्याग्दीमा युवकको हत्या

२०८० माघ १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धारिलो हतियार प्रयोग गरी म्याग्दीमा युवकको हत्या

 

 

 

म्याग्दी : सदरमुकाम बेनी बजारमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ।

बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार बेनीको न्यूरोडमा युवाको समूहले उनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए। गर्बुजाको टाउको र छातीमा चोट लागेको थियो।  उपचारका लागि बेनी अस्पतालमा लग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार अरु दुई घाइतेको उपचार बेनी अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको कुँवरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय