भक्तपुरमा स्कुटरलाई ठक्कर दिएर लडेका मोटरसाइकल चालकको मृत्यु

२०८० माघ १०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भक्तपुरमा स्कुटरलाई ठक्कर दिएर लडेका मोटरसाइकल चालकको मृत्यु

मंगलबार साँझ साढे ६ बजे भक्तपुर नगरपालिका-१ चुनदेवी आकाशे पुल नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

भक्तपुरमा स्कुटरलाई ठक्कर दिएर लडेको मोटरसाइकल चालकको मृत्यु भएको छ।

सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको मोटरसाइकल बागमती प्रदेश ०२-०२२ प ८७३२ नं.ले बागमती प्रदेश ०२-०२१ प ९०३२ नं. स्‍कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटना हुँदा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार बस्ने २० वर्षीय ओम केसी गम्भीर घाइते भएका थिए।

उनको उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको परिसरका डिएसपी पाठकले बताए।

उनका अनुसार मोटरसाइकल तिव्र गतिमा थियो। जसकारण स्कुटरलाई ठक्‍कर दिएपछि मोटरसाइकल लड्दा चालक केसीलाई गम्भीर चोट लागेको डिएसपी पाठकले बताए

‘मोटरसाइकलको ओभरस्पिड भएका कारण ठक्कर दिएपछि चालक उछिट्टिए। स्कुटर चालकलाई सामान्य चोटमात्रै लागेको छ,’ उनले भने, ‘स्कुटरमा कोतरिएका निशानहरूले साइडबाट ठक्कर दिएर मोटरसाइकल लडेको देखिन्छ।’

मृतक केसीको शव पोष्टमर्टम गर्न भक्तपुर अस्पताल पुर्‍याइएको छ।

स्कुटर र चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-८ घर भई काठमाडौं कपन बस्ने २६ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी वृत्त जगातीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय